एमाले महाधिवेशन : बनदसत्र शुरु हुँदै

0

काठमाडौं : नेकपा एमालेको दशौ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि शनिबार सौरहामा बन्दसत्र शुरु हुँदैछ । नारायणी नदी किनारमा शुक्रबार औपचारिक उदघाटन भएको दशौं राष्ट्रिय महाधिवेशनको बन्दसत्र  सौराहास्थित सेभेन स्टार होटलमा हुन लागेको हो ।

बन्द सत्रको उदघाटन सत्रमा अध्यक्ष केपी शर्मा ओली तथा महाधिवेशनमा सहभागी हुन विभिन्न देशबाट आएका प्रतिनिधिहरुले सम्बोधन गर्ने कार्यसूची छ ।

एमाले महाधिवेशनमा विदेशी प्रतिनिधिमा भारत, बंगलादेश, श्रीलंकालगायत देशबाट नेताहरु आएका छन् ।

मध्यान्ह १२ बजेदेखि २ बजेसम्म उम्मेदवारी मनोनयन हुने छ । महाधिवेशनको नेतृत्व चयनका लागि विद्युतीय उपकरणबाट पहिलोपटक मतदान हुने भएको छ ।

मतदानका लागि ९२ वटा उपकरण प्रयोग गरिने जानकारी दिए । महाधिवेशनमा दुइ हजार तीन सय २७ जना प्रतिनिधिले सहभागी छन । उम्मेदवारको मनोनयन गरिसकेपछि आइतबार बिहानैदेखि मतदान गर्ने तयारी छ ।

Leave A Reply

Your email address will not be published.