नेकपा एमालेको १० औं महाधिवेशन आजबाट शुरु हुँदै

0

काठमाडौं : नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशन आजबाट चितवनमा शुरु हुँदैछ । भरतपुरको नारायणी नदि किरानामा एमाले अध्यक्ष केपी ओलीले सम्मेलनको मध्यान्ह १२ बजे उदघाटन गर्ने कार्यक्रम रहेको छ ।

त्यसका लागि उसले चितवनस्थित नारायणी नदी किनारमा ५० लाख रुपैयाँ खर्चेर मञ्च बनाइसकेको छ ।

उदघादन समारोहमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, जनता समाजवादी पार्टी लोकतान्त्रिक का महन्थ ठाकुरपनि सहभागी हुनेछन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भने काभ्रे जाने भएका छन । माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई भने निम्ता गरिएको छैन ।

उदघाटन समारोहमा चार मुलुकका ८ वटा राजनीतिक दलका १५ पाहुनाले महाधिवेशमा भाग लिने विभागले जनाएको छ । दक्षिण छिमेकी भारतबाट सत्तारुढ भारतीय जनता पार्टीसहित पाँच दलका प्रतिनिधिले महाधिवेशनमा भाग लिने भएका छन् । बीजेपीको तर्फबाट पूर्वस्वास्थ्यमन्त्री हर्षबद्र्धन र राष्ट्रिय सचिव हरिश द्धिवेदीले सहभागिता जनाउने भएका छन् ।

सम्मेलनमा देशभरबाट पाँच लाख पार्टी कार्यकर्ता सहभागी हुने एमालेको दाबी छ । सम्मेलनले आगामी पाँच बर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । पदाधिकारीमा सर्वसम्मति गर्ने केपी ओलीको योजना छ । केन्द्रीय सदस्यमा भने निर्वाचन हुनेछ । माधवकुमार नेपाल र झलनाथ खनालहरू बाहिरिएपछि हुन लागेको महाधिवेशनलाई विशेष चासोपूर्वक हेरिएको छ ।

Leave A Reply

Your email address will not be published.