नेपाली मिलनकेन्द्र यूरोपको छैंठौ अधिबेशन सम्पन्न

0

नेपाली मिलनकेन्द्र यूरोपको छैंठौ अधिबेशन २१/११/२०२१ आइतबार अन्त्वेर्पेनमा सम्पन्न गरी नयाँ कार्यसमिति चयन भएको छ ।


मिलन केन्द्र यूरोपका अध्यक्ष दिपक न्यौपानेको अधक्ष्यतामा सम्पन्न उक्त कार्यक्रमको संचालन महासचिब सुशिला खतिवडाले गर्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तब्य लक्ष्मी अधिकारीले गर्नुभएको थियो ।

कोरोना कहरको कारण उल्लेख्य कार्यक्रम गर्न नसके पनि प्रतिकुलतामा सँस्थाको निरन्तरता नै उपलब्धी मुलकरुपमा गरेको भन्दै संस्थाको आय विवरण कोषाध्यक्ष ललित कुमार पोख्रेलले प्रसुत गर्नु भयो भने संस्थाको समग्र गतिबिधिमा महासचिब सुशिला खतिवडाले आफ्नो प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।

सँस्थाका कार्यसमिति सदस्य भुवन सुबेदीले सँस्थाको स्थापना देखि हालसम्मको यात्रा बारे वर्णन गर्नुभएको उक्त कार्यक्रममा निबर्तमान महासचिब मदन दवाडीले सम्भावित अवसर र चुनौतीको बारेमा आफ्ना भनाइ राख्नु भयो भने गैर आवासीय नेपाली संघ बेल्जियमका पुर्ब महिला संयोजक निर्मला बजगाईंले सामाजिक कार्य निरन्तर सिकाई प्रक्रिया हो भन्दै कार्यक्रम सफलताको सुभकामना दिनु भयो ।

कार्यक्रममा संस्थापक अधक्ष्य राज कुमार पुडासैनी भुतपुर्ब अधक्ष्य पवन सुबेदी निबर्तमान अधक्ष्य श्याम श्रेष्ठ एबं सल्लाहकारहरु सुबाश जोशी, चित्र सुबेदी, प्रकाश पौडेल, कृष्ण पौडेलले अनलाइन माध्यमबाट सुभकामना दिनुभएको थियो I

पहिलो सत्र अन्त्यको घोषणा गर्दै अधक्ष्य न्यौपानेले सँस्थाले गरेका उपलब्धि र सँस्थालाई सफल कार्यकालको लागि सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दै कमि कमजोरी भएको भए उक्त कुराको नैतिक जिम्मेवारी आफ्नो रहेको बताउनु भयो ।


उक्त कार्यक्रममा निर्बाचन आयुक्तको जिम्मेवारी पूर्व सचिब शंकर बजगाईं र अधक्ष्य मण्डलको संयोजन हेमराज सापकोटाले गरी नयाँ कार्यसमिति सर्बसहमति रुपमा चयन गरिएको छ ।

नबनिर्बाचित कार्यसमिती निम्न बमोजिम छ ।

अधक्ष्य :-सुशिला खतिवडा उपाधक्ष्य :- लक्ष्मी सुबेदी, महासचिब :- लक्ष्मी अधिकारी सचिब :- ललित कुमार पोख्रेल कोषाधक्ष्य :-कान्ती अधिकारी, सदस्यहरु भुवन सुबेदी, मदन दवाडी निर्मला बजगाईं, दामोदर अधिकारी, प्रभा अर्याल, तारा अम्माई, गणेश अधिकारी, पुष्पा पाण्डे

Leave A Reply

Your email address will not be published.