पत्रकार रेग्मीलाई पितृ शोक

0

काठमाडौं : पत्रकार मुक्तिबाबु रेग्मीलाई पितृ शोक परेको छ । पत्रकार रेग्मीका पिता भिमकान्त रेग्मीको ६९ वर्षको उमेरमा बुधबार बिहान साढे ९ बजे निधन भएको हो । लामो समयदेखि दमको समस्याबाट ग्रसित रेग्मीको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेजमा निधन भएको हो ।

दाङको बिजौरीमा जन्मिएका रेग्मी लामो समय शिक्षण पेशामा संलग्न थिए । उनको बुधबार नै दाहसंस्कार गरिएको साइला छोरा पत्रकार मुक्तिबाबुले जानकारी दिए । रेग्मीका श्रीमती र चार छोरा रहेका छन् ।

Leave A Reply

Your email address will not be published.