नेपाल र भारतबीच कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि सहमति

0

काठमाडौं : नेपाल र भारतबीच कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि समझदारी भएको छ ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो । 

नेपाल सरकारको तर्फबाट स्वास्थ्य सचिव डा. रोशन पोखरेल र भारत सरकारका तर्फबाट नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले सो समझदारी पत्रमा हस्ताक्षर गरे ।

उक्त समझदारीसँगै नेपालमा कोरोनाविरुद्धको खोप लगाएकाहरुले भारतमा मान्यता पाउँछन् भने भारतमा कोरोनाविरुद्धको खोप लगाएकाहरुले पनि नेपालमा मान्यता पाउने भएका छन् । 

यसअघि कोरोना खोपको मान्यता नपाएको कारण नेपाल–भारत सीमामा आवत–जावतको समस्या भएको थियो । अब भने नेपाल र भारतका नागरिकलाई आवतजावत गर्न सहज भएको छ ।

Leave A Reply

Your email address will not be published.