प्रधानन्यायाधीशविरुद्ध नेपाल बार र नागरिक समाजले बालुवाटारसम्म मार्चपास गर्ने

0

काठमाडौं : नेपाल बार एसोसिएसनले बिहीबार नागरिक समाजसँग मिलेर सर्वोच्च अदालतदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारसम्म मार्चपास गर्ने भएको छ । 

मंगलबार नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले नागरिक समाजसँग मिलेर मार्चपास गर्ने कार्यक्रम रहेको जानकारी दिएका हुन् । 

बुधबार १२ बजे उच्च अदालत पाटनमा प्रधानन्यायाधीशको बिरोधमा कार्यक्रम हुने छ भने १८ वटै उच्च अदालतमा कार्यक्रम हुने बारले जानकारी दएको छ । बिहीबार भने नागरिक समाजका सदस्य्सहित दिउँसो २ वजे बालुवाटार मार्च पास गरिने छ । 

बारले अदालतमा जारी विवादबारे शान्ति र लोकतन्त्रका लागि पेसागत संगठन सञ्जालसँग छलफल गरेको थियो । बालुवाटारमा नै धेरै कुरा तय हुने र प्रधानन्यायाधीश जबरा लुकेर सर्वोच्च आइरहेकाले त्यसलाई रोक्न मार्च गर्नुपरेको बारको भनाइ छ । 

कात्तिक ९ गते नेपाल बारले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आन्दोलन थालेको थियो । कार्यपालिकासँग नियुक्तिमा भाग मागेको, सहमति कार्यान्वयन नगरेको, बिचौलियालाई प्रश्रय दिएको लगायतको आरोप लगाउँदै बारले प्रधानन्यायाधीशविरुद्ध आन्दोलन गरिरहेको छ ।

Leave A Reply

Your email address will not be published.