ओली भन्छन्- अध्यक्षमा उठ्ने वा नउठ्ने निर्णय गरिसकेको छैन

0

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी महाधिवेशनमा आफू अध्यक्षमा उठ्ने वा नउठ्ने निर्णय गरिनसकेको बताएका छन् । 

मंगलबार सम्पादकहरुसँगको अन्तर्क्रियामा उनले आफ्नो उम्मेदवारी टुंगो नभएको बताएका हन् । उनले समझदारी, सहमति र एकता पार्टीमा महत्वपूर्ण भएको बताए । 

अध्यक्षमा उम्मेदवारी घोषणा गरेर भीम रावलले चुनौती नभइ आफूप्रति माया र सम्मान देखाएको ओलीले बताए । ओलीले प्रतिस्पर्धाको लागि सबैलाई छुट भएको भन्दै कसैलाई करकाप नगर्ने बताएका छन् । प्रतिस्पर्धीकै बीचमा सहमति भएर नेतृत्व छानिने उनको भनाइ छ ।

अध्यक्ष ओलीले पार्टीको दशौं महाधिवेशनमा नेपालका सवारी साधनले बोक्न सक्ने जति मानिस सहभागी हुने दाबी गरे ।

महाधिवेशनमा १०-२० लाख जनसहभागिता जुटाउन सकिने भए पनि सवारी साधनको क्षमताले भ्याएसम्म मात्र मानिस चितवनमा उपस्थित हुने उनको भनाइ थियो ।

उनले महाधिवेशन उद्घाटन सत्रमा ५ लाख बढी मानिस सहभागी हुने बताए । कोभिडको समय भएकाले धेरै ठुलो संख्यामा विदेशी प्रतिनिधि भने महाधिवेशनमा सहभागी नहुने उनले बताए । 

एमालेको दशौं महाधिवेशन यही मंसिर १०, ११ र १२ गते चितवनमा हुँदैछ । 

Leave A Reply

Your email address will not be published.