कोरोना नियन्त्रणका लागि कठोर कदम चाल्ने तयारीमा जर्मनी, नागरिकलाई खोप अनिवार्य

0

एजेन्सी : जर्मनीले आफ्ना नागरिकलाई खोप अनिवार्य गर्ने तयारी गरेको छ । जर्मन सरकारले ‘कि खोप लगाएर निको होऊ नत्र मर’ भन्ने चेतावनी जारी गर्दै अनिवार्य खोप कार्यक्रम शुरु गर्ने जनाएको हो ।

स्वास्थ्य मन्त्री जेन्स स्पानले हिउँदको अन्तसम्ममा प्रत्येक जर्मन नागरिकलाई खोप लगाएर सुरक्षित बनाइने वा मृत्युका लागि छाडिदिने चेतावनी दिएका हुन् ।

संक्रमितको संख्या बढदै गएपछि जर्मनीका कतिपय क्षेत्रमा लकडाउन लागू गरिएको छ । अस्पतालहरु पनि विरामीले भरिभराउ भएको सन्दर्भमा स्वास्थ्यमन्त्री स्पानको पछिल्लो चेतावनी आएको हो ।

जर्मन चान्सलर एंगेला मर्केलले पनि कारोना नियन्त्रणका लागि सरकारले चालेका नियन्त्रणकारी कदमहरु पर्याप्त नभएको बताएकी छिन् । संक्रमणको गति नाटकीय रुपमा बढेकाले कठोर कदम जरुरी देखिएको उनको भनाइ छ ।

सोमबार मात्रै जर्मनरीमा ३० हजार बढी संक्रमित फेला परेका छन । जर्मनीमा हरेक हप्ता संक्रमित दर दोब्बरले बढिरहेको छ ।

Leave A Reply

Your email address will not be published.