नेपाली जनप्रगतिशिल मन्च नेदरल्यान्डको अध्यक्षमा संघर्षशिल केसी निर्बाचित

0

नेपाली जन प्रगतिशिल मंच नेदरल्यान्डको अध्यक्षमा संघर्षशिल केसी निर्बिरोध निर्बाचित भएका छन । आईतवार सम्पन्न संगठनको दोश्रो अधिबेशनले उपाध्यक्षमा राम पौडेल र बिना गौतम , महासचिव : हरि बिष्ट, सचिवमा बृन्दा खड्का , कोषाध्यक्ष : कैलाश गिरी र सदस्यहरुमा रविन्द्र केसी, नबराज राई, पूजा थापा, सुरेश श्रेष्ठ र सन्देश लामालाई निर्बिरोध निर्बाचित गरेकोछ ।

त्यसै गरी सल्लाहकारहरुमा थानेश्वर गौतम , बिर्ख सुब्बा र राम पोख्रेललाई चयन गरेकोछ ।


अधिबेशनको उद्घाटन नेकपा माओबादी प्रबास समिति अध्यक्ष ओम शर्माले गरेका थिए । शर्माले अधिबेशन सफलताको शुभकामना दिदै प्रबासमा संगठनको माध्यमबाट नेपालीहरुको एकता पार्टिको अभियानमा सहयोग गरेकोमा प्रशन्शा गर्दै धन्यवाद दिनुभएको थियो ।

थानेश्वर गौतमको सभापतित्वमा भएको कार्यक्रमको सन्चालन संघर्षशिल केसीले गरेका थिए । बन्दशत्रमा चित्र सुबेदीको सन्योजकत्वमा भएको निर्वाचन समितिले आगामी कार्यकालका लागि सर्बसम्मत नेत्रित्वको घोषणा गरेको थियो ।

सङ्गठनको प्रगती विवरण र आगामी कार्ययोजना पनि भर्चुयल माध्यमबाट भएको अधिबेशनले पारीत गरेकोछ ।

Leave A Reply

Your email address will not be published.