सर्वोच्चमा गोलाप्रथाबाट पेशी तोक्ने बाटो खुल्यो, राजपत्रमा सूचना प्रकाशित

0

काठमाडौं : सर्वोच्च अदालत (दोस्रो संशोधन) नियमावली, २०७८ सम्बन्धी सूचना राजपत्रमा प्रकाशित भएको छ । योसँगै सर्वोच्च अदालतको पेशी गोलाप्रथाबाट तोक्न बाटो खुलेको छ ।

तर यसलाई औपचारिकता दिन सर्वोच्च अदालतको पूर्ण बैठक ‘फुल कोर्ट’ ले निर्णय गर्नुपर्ने छ ।

मंसिर २ गते बसेको सर्वोच्च अदालतको फूल कोर्टले पेशी तोक्ने प्रधानन्यायाधीशको अधिकार कटौती गरी गोला प्रथाबाट पेशी तोक्ने गरी सर्वोच्च अदालत नियमावली २०७४ लाई संशोधन गरेको थियो ।

उक्त संशोधित नियमावली राजपत्रमा प्रकाशित भएपछि मुद्दाको पेशी तोक्ने प्रधानन्यायाधीशको अधिकार कटौती भएको छ ।

अब सबै मुद्दाको पेशी गोला प्रथाबाट तोकिने भएको छ । प्रधानन्यायाधीशको पेशी तोक्ने उक्त अधिकार पेशी व्यवस्थापन निर्देशन समितिले गर्नेछ ।

Leave A Reply

Your email address will not be published.