एनआरएनएको महाधिबेशन गराउने जिम्मा सँरक्षक परिषदलाई दिन परराष्ट्र मन्त्रालयको निर्देशन

0

काठमाडौँ — गैर आवासीय नेपाली संघको महाधिवेशन र चुनावबारे अन्यौल कायमै रहंदा परराष्ट्र मन्त्रालयले संघको विधान अनुसार संरक्षक परिषदलाई चुनाव गराउने जिम्मा दिएको छ।

एक उच्च परराष्ट्र श्रोतका अनुसार मन्त्रालयले अध्यक्ष कुमार पन्तले नेतृत्व गरेको अन्तर्राष्ट्रिय समन्वय परिषदको कार्यकाल गत अक्टोबर १८ मै सकीइ सकेको र संघको विधान अनुसार कार्यकाल थप्ने कुनै प्रावधान नरहेकाले महाधिवेशन र चुनाव गराउन संरक्षक परिषदलाई जिम्मा दिएको हो।


बिभिन्न राष्ट्रिय सम्न्वय परिषद र अन्तरराष्ट्रिय समन्वय परिषदका ३ जना पदाधिकारीहरुले महाधिबेशन प्रतिनिधि चयन बिधान बिपरित अलग अलग मापदन्डमा गरिएको भनि पररास्ट्र मन्त्रालयमा उजुरी गरेका थिए । त्यसबारेमा छानबिन गर्न मन्त्रालयले कानुन मन्त्रालय लगायतका अधिकारि सम्मिलित छानबिन समिति गठन गरेको थियो । मन्त्रालय श्रोतका अनुसार एनआरएनए बिधान र परम्परा, अध्यक्ष कुमार पन्त र पूर्व अध्यक्षहरुको धारणा र बिभिन्न देशमा भएका अनियमितताको छानबिन गरेर समितिले प्रतिबेदन बुझाएको थियो ।


गत हप्ता पन्तलगायतको टोलिलाई पररास्ट्रमन्त्री नारायण खड्काले उजुरिकर्ताको राय र छानबिन समितिको प्रतिबेदन अनुसार निर्णय दिने बताएका थिए । त्यस अघिनै अध्यक्ष कुमार पन्तले गत शुक्रबार एक विज्ञप्ति प्रकाशित गरी आउंदो १५ डिसेम्बरमा संघको चुनाव गराउने र १९ तथा २० डिसेम्बरमा काठमाडौँ मा महाधिवेशन गराउने जनाएका थिए।

तर संघका केन्द्रीय सल्लाहकार तथा २०२१-२३ कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार कुल आचार्यले डेलिगेट्स समस्या समाधान गरेर मात्रै चुनाव गराउन आग्रह गरेका थिए।

गत अक्टोबर महिनामा बसेको आइसीसी को ८० औं बैठकमा अध्यक्ष पन्तले ३० नोभेम्वर भित्र चुनाव गराउन प्रस्ताव राखेका थिए। उनले २,३ दिन भित्र एक समिति गठन गरी निर्वाचनको मिति तोक्ने बताएका थिए। त्यस पछि एउटा अनौपचारिक समितिलाई समस्या पहिचान गर्ने जिम्मा दिइए पनि त्यस्तो समिति गठन भएको घोषणा गरिएन, न त कुनै ‘टर्म्स अफ रेफरेंस’ नै दिइयो। तर उक्त समितिले सहमतिको खाका तयार गरेको भन्दै परराष्ट्रलाई एक रिपोर्ट बुझाएको र सोही अनुसार महाधिबेशनको तयारी गर्ने बताइएको थियो । पररास्ट्र मन्त्रालयको पत्र प्राप्त भएको बताउदै पन्तले संघको आन्तरिक मामिलामा मन्त्रालयले हस्तक्षेप गरेको र त्यसको प्रतिबाद गरिने बाताए ।

यस अघि संघकै अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय (आइइएस) ले महाधिवेशन र चुनाव गराउन संरक्षक परिषदलाई जिम्मा दिने भनि गरेको निर्णय संघकै केहि पदाधिकारीहरुको दबाबमा उल्टाइएको थियो। त्यस पछि करीब दुई तिहाई एनसीसी अध्यक्षहरुको भेलाले महाधिबेशन र निर्वाचन गर्ने जिम्मा सँरक्षक परिषदलाई दिनु पर्ने प्रस्ताब पारीत गरेको थियो ।

एनसीसीहरुको भेला आयोजक मध्यका एक एनसीसी बेलायतका अध्यक्ष प्रेम गाहा मगरले २०१९-२१ को कार्यसमितीले महाधिबेशन गराउन् असमर्थ रहेको अवस्थामा बिधानमा ब्यबस्था भए अनुसार सँरक्षक परिषदलाई महाधिबेशन गराउन जिम्मा दिनु अहिलेको अबस्थामा उत्तम बिकल्प भएको भन्दै आफ्ना माग सम्बोधन भएकोमा खुशी ब्यक्त गरे।

त्यसै गरी संघका केन्द्रिय सल्लाहकार विश्वआदर्श पन्डितले कुनै ब्यक्तिबिशेषको फाईदाका लागि एक पक्षिय तरिकाले गर्न खोजिएको निर्वाचन र महाधिबेशनले संघलाई बिभाजनको संघारमा पुर्याउने कामलाई रोकेको भन्दै सँरक्षक परिषदले सबैलाई समेटेर संस्थाको हितमा हुने गरी महाधिबेशन सम्पन्न गर्ने विश्वाश ब्यक्त गरेका छन ।

Leave A Reply

Your email address will not be published.