प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली आवश्यक : प्रचण्ड

0

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली आवश्यक रहेको बताएका छन् । 

चितवनमा आयोजित कार्यक्रममा उनले खर्चिलो निर्वाचन प्रणाली देशले धान्न नसक्ने भन्दै प्रतक्ष्य निर्वाचित कार्यकारीको आवश्यकता औल्याएका हुन । अध्यक्ष दाहालले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली विषय उठाएर जनता आन्दोलनमा उत्रिए सफल हुने दाबी समेत गरे ।

अध्यक्ष दाहालले संघ, प्रदेश र स्थानीय तहको निर्वाचन एउटै मितिमा गर्नुपर्ने पक्षमा आफू रहेको बताए । निर्वाचन आयोगसँगको सल्लाहपछि केहि दिनमा नै निर्वाचनको विषय टुंगो लाग्ने उनको भनाइ छ । 

परिवर्तनको वाहक माओवादी भएको भन्दै प्रतिगामी तत्व अगाडि बढ्दै गए माओवादी फेरि विद्रोहको झण्डा उठाउन तयार रहेको अध्यक्ष दाहालको भनाइ छ । प्रधानमन्त्री, राष्ट्रपति जोसुके भएपनि राजनीति माओवादी केन्द्रको वरिपरि नै रहेको उनको दाबी थियो ।

Leave A Reply

Your email address will not be published.