सुडानका प्रधानमन्त्री पुनः शक्तिमा

0

एजेन्सी : सुडानका प्रधानमन्त्री अब्दल्ला हाम्दोक पुनः शक्तिमा आएका छन् । सेनासँग भएको शक्ति बाँडफाँड सम्बन्धी सहमतिपछि प्रधानमन्त्री अब्दल्ला पुनः सत्तामा आएका हुन् ।

सैनिक जनरल अब्देल फातह अल–बुर्हान र प्रधानमन्त्री अब्दल्लाविच शक्ति बाँडफाँड सम्बन्धी सम्झौता भएको हो । एक महिनाअघि सेनाले कू गरेपछि अब्दल्ला सत्ताबाट हटाइएका थिए ।

नागरिक गठबन्धनले दुई वर्ष पहिले प्रधानमन्त्रीका रुपमा चयन गरेका हाम्दोकले शक्ति बाँडफाँड सम्बन्धी कुनै पनि नयाँ सम्झौता औपचारिक रुपमा स्वीकार भने गरेका छैनन् ।

हाम्दोकको टाउकोमा बन्दुक तेर्साएर सहमतिमा हस्ताक्षर गर्न लगाइएको दाबी उनका प्रवक्ताले गरेका छन् । सैन्य कू भएयता अहिलेसम्म सुडानमा प्रदर्शनको क्रममा ३८ जनाको मृत्यु भइसकेको छ ।

Leave A Reply

Your email address will not be published.