महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धाबाट नेतृत्व छान्न देउवाको आग्रह

0

काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आसन्न १४औं महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धाबाट नेतृत्व छान्न कार्यकर्तालाई आग्रह गरेका छन् ।

आइतबार सुनसरीको देवानगंज गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्दै देउवाले चुनावमा हार जित स्वभाविक हुने भन्दै त्यसलाई सहजताका साथ लिएर पार्टीलाई थप बलियो बनाउने गरी लाग्न नेता कार्यकर्तालाई आग्रह गरेका हुन् ।

प्रधानमन्त्री देउवाले विपी कोइरालाले शुरु गरेको सुनसरी खोला सिंचाई आयोजनालाई पूर्णता दिन नेपाल सरकारले आगामी बजेटमा रकम विनियोजन गर्ने बताए ।

उनले विपी कोइरालाले सुनसरी र मोरगंका कृषि योग्य जमिनमा सिचाई सुविधा पुर्‍याउन शुरु गरेको सुनसरी खोला सिंचाई आयोजनालाई पूर्णता दिन आगामी बजेटमा रकम विनियोजन गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा प्रधानमन्त्री देउवाले उदाहरणीय काम गरेर नमुना गाउँपालिका बनाउन सफल भएको भन्दै देवानगंज गाउपालिकामा अध्यक्ष लालिप्रसाद मेहतालाई नेपाल सरकारको तर्फबाट सम्मान पत्र समेत प्रदान गरेका थिए ।

Leave A Reply

Your email address will not be published.