भीम रावलद्वारा एमाले अध्यक्षमा उम्मेद्वारी घोषणा

0

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष डा. भीमबहादुर रावलले पार्टीको १० औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् ।

आइतबार रिपोर्टर्स क्लवमा आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष रावलले चितवनमा मंसीर १० देखि १२ गतेसम्म हुने पार्टीको १० औँ महाधिवेशनमा अध्यक्षमा उम्मेद्वारी दिने घोषणा गरेका हुन् ।

उनले देश, जनता र पार्टीको सामू भएका र आउनसक्ने चुनौतीहरुको सामना गर्न आफूले उम्मेद्वारीको घोषणा गरेको बताए । रावलले विश्वमा शान्ति र मानवताका अग्रदूत गौतम बुद्ध जन्मेको, विश्वको अग्लो हिमाल सगरमाथा उभिएको तथा वीरता र परिश्रमको लागि प्रसिद्ध जनताको मातृभूमि नेपाललाई शीर ठाडो गरी समृद्धिको पथमा अग्रसर तुल्याउन पार्टीलाई नेतृत्व दिने निर्णय गरेको बताए ।

उपाध्यक्ष रावलले राजनीतिक जीवनको आरम्भदेखि आफूले उठाउँदै आएको पार्टीको विधि, पद्धति, उद्देश्य, लक्ष्य, देशभक्ति र सिद्धान्तको झण्डालाई निष्ठा र दृढताका साथ फहराइ रहन अघि बढ्ने संकल्प गरेको बताए ।

उपाध्यक्ष रावलले नेकपा (एमाले) को दशौं राष्ट्रिय महाधिवेशन पार्टीलाई एकतावद्ध, सुसंगठित र समयका चुनौतीहरुको सामना गर्नसक्ने गरी क्रियाशील तुल्याउन महत्वपूर्ण रहेको बताए ।

उनले कोरोना महामारी (कोभिड–१९) ले अर्थतन्त्र र जनजीवनमा पारेको असर, प्राकृतिक प्रकोपबाट उत्पन्न समस्या, बढ्दो बेरोजगारी, महंगी जस्ता समस्यासँग जुझ्नको लागि देशका सामु ठोस नीति, कार्यक्रम र निर्णयका साथ राष्ट्रिय शक्तिहरु एकजुट भएर अघि बढ्नुपर्ने चुनौती रहेको बताए ।

उपाध्यक्ष रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वमै बसेर गुटबन्दी गर्दा पार्टी कमजोर भएर फुटमा परिणत भएको आरोप समेत लगाए । 

Leave A Reply

Your email address will not be published.