दशौँ महाधिवेशन नीति, मनोविज्ञान र नेतृत्वमा एकतायुक्त हुनेछ : एमाले प्रवक्ता ज्ञवाली

0

काठमाडौं : नेकपा (एमाले)का प्रवक्ता प्रदीपकुमार ज्ञवालीले आउँदो दशौँ राष्ट्रिय महाधिवेशन नीति, मनोविज्ञान र नेतृत्वमा एकतायुक्त हुने बताएका छन् ।

प्रेस चौतारी नेपाल, उपत्यका प्रदेश कमिटीले आइतबार ‘महाधिवेशनमा विचार र नेतृत्व’ विषयक आयोजना गरेको कार्यक्रममा उनले नीतिका बारेमा विधान महाधिवेशन गरेसकेकाले अबको महाधिवेशन नीति, मनोविज्ञान र नेतृत्वमा एकता हुने बताए । एमालेको महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ ।

उनले विधान महाधिवेशनले नीतिगतरुपमा पार्टीलाई एकताबद्ध बनाएको बताए । “नीतिमा एकता नै पार्टीमा एकता हो, हामी नीतिमा एकताबद्ध भइसकेका छौँ”, उनले भने, “सेती र त्रिशूली नदीको पानी फरकफरक धारबाट बगे पनि नारायणीमा पुग्दा एउटै धारमा देखिए झैँ नारायणी किरानामा हुने महाधिवेशन एकताको महाधिवेशन हुनेछ ।”

उनले पार्टीको नीतिले मुलुकको लोकतन्त्र र दूरगामी प्रभाव पार्ने भएकाले एमालेको नीतिमा सबैको चासो रहेको उल्लेख गर्दै भने, “तर हामीले दुई महिना अगाडि सम्पन्न गरेको विधान महाधिवेशनमार्फत हाम्रो सिद्धान्त कार्यक्षेत्र र नीति सबै सार्वजनिक गरिसकेका छौँ, अबको प्राथमिकता के हो भन्नेबारेमा दस्तावेज पारित गरेका छौँ, त्यसैले अब एकताको र नयाँ सङ्कल्पको महाधिवेशन हुनेछ ।”

“यति ठूलो पार्टीमा १५ जना पदाधिकारी र २२५ केन्द्रीय सदस्यका रुपमा सबै साथी अटाउन सम्भव छैन, त्यसैले हामी हरसम्भव सहमतिका आधारमा नेतृत्व चयन गर्दछौँ”, उनले भने, “सम्भव नभए स्वच्छ र व्यक्तिगत प्रतिस्पर्धा गरी नेतृत्व चयन हुन्छ, अहिले विधानमा हेरफर हुँदैन ।”

Leave A Reply

Your email address will not be published.