कोरम नपुगेपछि सुनुवाइ समितिको बैठक स्थगित, प्रस्तावित तीन राजदूतको सुनुवाइ प्रभावित

0

काठमाडौं : भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरुको सुनुवाइका लागि बोलाइएको संसदीय सुनुवाइ समितिको बैठक कोरम नपुगेर स्थगित भएको छ । 

आइतबार सिंहदरवारमा बोलाइएको समितिको सो बैठक कोरम नपुगेपछि आगामी मंसीर १७ गते बस्नेगरी स्थगित गरिएको हो ।

कोरम नपुगेपछि समितिको बैठक आगामी मंसीर १७ गते बस्नेगरी स्थगित गर्नु परेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । उनले एमाले र कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदहरु महाधिवेशनको कारण उपस्थित हुन नसक्दा समितिको बैठक बस्नका लागि आवश्यक कोरम पुग्न नसकेको स्पष्ट पारे ।

गत कात्तिक ११ गते बसेको मन्त्रिपरिषद बैठकले भारतका लागि नेपाली राजदूतमा डा. शंकर शर्मा, अमेरिकाका लागि नेपाली राजदूतमा श्रीधर खत्री र बेलायतमा ज्ञानचन्द्र आचार्यको नाम सिफारिस गरेको थियो ।

Leave A Reply

Your email address will not be published.