विवादास्पद तीन वटै कृषि कानून फिर्ता लिने भारतीय प्रधानमन्त्री मोदीको घोषणा

0

एजेन्सी : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विवादास्पद कृषि कानून फिर्ता लिने घोषणा गरेका छन् । प्रधानमन्त्री मोदीले राष्ट्रको नाममा सम्बोधन गर्दै शुक्रबार तीनवटै कृषि कानून फिर्ता लिने घोषणा गरेका हुन् । 

मोदीले यो महिनाको अन्तिममा सुरु हुन गइरहेको संसद्को सत्रमा तीनै कृषि कानून फिर्ता गर्ने संवैधानिक प्रक्रिया पूरा गर्ने जानकारी समेत गराएका छन् । 

कानून फिर्ताको घोषणा गर्ने क्रममा मोदीले सरकारले अघि सारेको कानून किसानकै हितमा रहेको दाबी भने दोहोर्‍याएका छन् । धेरै किसानले कानून मन पराए पनि केही समूहले त्यसलाई नबुझेको उनको आरोप छ । 

सरकारले अघि सारेको कृषि कानूनले साना किसानलाई बलियो बनाएको मोदीको भनाइ छ । 

कानून फिर्ता लिएपछि कृषि उत्पादनको न्यूनतम समर्थन मूल्यलाई थप प्रभावकारी र पारदर्शी बनाउन एक कमिटि गठन गर्ने पनि मोदीले जानकारी दिएका छन् । 

सो कमिटीमा केन्द्र सरकार, राज्य सरकारका प्रतिनिधि, किसान, कृषि वैज्ञानिक, कृषि अर्थशास्त्रीलगायतका प्रतिनिधि हुने उनले बताए । 

कृषि कानून किसानको हितविपरीत रहेको भन्दै लामो समयदेखि किसानहरुले आन्दोलन गर्दै आएका थिए । तर पनि भारत सरकारले कानून फिर्ता लिन मानेको थिएन । 

भारतमा एक वर्षभन्दा लामो समयदेखि कृषि कानूनको विरोधमा किसानहरुले आन्दोलन गर्दै आएका थिए ।

Leave A Reply

Your email address will not be published.