रोल्पामा बस दुर्घटना, ४ जनाको मृत्यु

0

काठमाडौं : रोल्पाको जलजलामा यात्रुबाहक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दाङको घोराहिबाट रोल्पाको थवाङ जादैगरेको ना ३ ख ५५१८ नम्बरको यात्रुबाहक बस रोल्पाको माडी गाउपालिका दुई जलजला भन्ने स्थानमा दुर्घटना भएको हो ।

दुर्घटनामा ३ पुरुष र एक महिलाको मृत्यु भएको हो । उनीहरुको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा अन्य १७ घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । गम्भिर घाइतेहरुको जिल्ला अस्पताल रेउघामा उपचार भैरहेको छ ।

अन्य घाइतेको अवस्था सामान्य रहेकाले स्थानीय स्वास्थ्य सस्थामा उपचार भैरहेको प्रहरीले बताएको छ। दुर्घटनाको कारण खुलेको छैन ।

Leave A Reply

Your email address will not be published.