फुलकोर्टद्वारा गोलाप्रथाबाट पेसी तोक्ने प्रस्ताव पारित

0

काठमाडौं : सर्वोच्च अदालतको पूर्ण बैठक ‘फुलकोर्ट’ले सर्वोच्च अदालत नियमावली संशोधन र गोलाप्रथाको कार्यविधि पारित गरेको छ ।

गोलाप्रथाको कार्यविधि पारित भएसँगै इजलास तोक्ने प्रधानन्यायाधीशको अधिकार कटौती भएको छ ।

बिहीबार बसेको फुलकोर्टले गोलाप्रथाको कार्यविधि पास गरेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै आन्दोलनमा रहेका न्यायाधीशहरू बिहीबार फुल कोर्ट बैठकमा सहभागी थिए । 

प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै आएका न्यायाधीशहरु पनि गोला प्रथाबाट मुद्दा हेर्न तयार भएका छन् । यद्यपि उनीहरू प्रधानन्यायाधीशसँग इजलास सेयर नगर्ने भएका छन् ।

इजलास फर्कने असन्तुष्ट न्यायाधीशको कदमप्रति नेपाल बारले शंका व्यक्त गरेको भन्दै न्यायाधीशहरूले आफूहरू गोलाप्रथाबाट  मुद्दा हेर्न इजालास गए पनि जबरासँगको इजलासमा भने नबस्ने निर्णय गरेका हुन् ।

Leave A Reply

Your email address will not be published.