प्रधानन्यायाधीशसँग असन्तुष्ट ६ न्यायाधीश इजलास फर्किए

0

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएका न्यायाधीशहरुमध्ये ६ जना इजलास फर्किएका छन् । 

न्यायाधीशहरु बमकुमार श्रेष्ठ, मनोजकुमार शर्मा, प्रकाश ढुंगाना, कुमार चुडाल, तेजबहादुर केसी र कुमार रेग्मी नियमित काममा फर्किएका हुन् । 

जबराले राजीनामा नदिएसम्म इजलास नफर्किने न्यायाधीशहरुको अडानले एक सातासम्म सर्वोच्चमा कुनै पनि मुद्दाको सुनुवाइ भएको थिएन । 

जबराविरुद्ध मोर्चाबन्दी गरेका १८ न्यायाधीशमध्ये मंगलबार ६ जना न्यायाधीश इजलास फर्किएर सामान्य मुद्दामा पनि सुनुवाइ थालेका हुन् । 

सोमबार नै आन्दोलन छाडेर उनीहरु काममा फर्किने निर्णयमा पुगेका थिए ।

Leave A Reply

Your email address will not be published.