अमेरिकी राष्ट्रपति बाइडेन र चिनियाँ राष्ट्रपति सीबीच भर्चुअल वार्ता

0

एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबिच भर्चुअल वार्ता सम्पन्न भएको छ । बाइडेन अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि चिनियाँ समकक्षीसँग उनको यो पहिलो वार्ता हो ।

वार्तामा चिनियाँ राष्ट्रपतिले चीन अमेरिकासँग सुमधुर सम्बन्ध बनाएर अघि बढ्न चाहेको बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

यस्तै बाइडेनले मानवअधिकार र इन्डो प्यासिफिक क्षेत्रको मुद्दा उठाएको बताइएको छ । वार्तामा चिनियाँ राष्ट्रपति सीले दुई देशले एक अर्काको सम्मान गरेमा मात्रै सम्बन्ध मजबुत हुन सक्ने बताएका छन् । दुई देशले संवाद जारी राख्नुपर्ने र मिलेर चुनौतीको समाधान गर्नुपर्ने चिनियाँ राष्ट्रपतिको भनाइ छ ।

वार्तामा अमेरिकी राष्ट्रपति बाइडेनले चिनियाँ राष्ट्रपतिसँग इमानदारी र स्पष्टताका साथ वार्ता भएको भन्दै सम्बन्धलाई सकारात्मक बनाउने विषयमा दुवै एकमत रहेको बताएका छन् ।

सीले बाइडेनलाई आफ्नो पुरानो साथी भन्दै उनीसँग भेट्न पाउँदा खुशी लागेको बताए ।

ताइवानको विषयलाई लिएर पछिल्लो समय चीन र अमेरिकाबीच तनाव बढेको छ ।

Leave A Reply

Your email address will not be published.