रुसको भु उपग्रह प्रतिरोधी क्षेप्यात्र परीक्षणप्रति अमेरिकाको आपत्ति

0

एजेन्सी : रुसको ‘एन्टी सेटलाइट मिसाइल’ परिक्षणप्रति अमेरिकाले विरोध जनाएको छ । रुसले हालै गरेको भु उपग्रह प्रतिरोधी क्षेप्यात्र परिक्षणलाई अमेरिकाले खतरनाक र गैरजिम्मेवार कार्यको संज्ञा दिएको हो ।

रुसले क्षेप्याष्त्र परिक्षणमार्फत अन्तरीक्षमा रहेको आफ्नै एउटा भू उपग्रहलाई ध्वस्त पारेपछि त्यसमा अमेरिकाले चासो देखाएको हो ।

रुसको परिक्षणले अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्रमा रहेका वैज्ञानिकको ज्यान जाखिममा पारेको अमेरिकाको आरोप छ ।

रुसले ध्वस्त पारेको क्षेप्याष्त्रका भग्नावशेषले समस्या उत्पन्न गरेपछि अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्र आईएसएसका यात्रीहरु घण्टौसम्म सुरक्षा क्याप्सुलभित्र बसेका थिए ।

आईएसएसमा अहिले चार जना अमेरिकी, दुई रुसी तथा एक जर्मन वैज्ञानिक रहेका छन् ।

रुसले पृथ्वीको सतहभन्दा करिब ४ सय २० किलोमिटर माथि रहेको भू उपग्रह ध्वस्त पारेर एन्टी सेटलाइट मिसाइल परिक्षण गरेको थियो ।

अन्तरिक्ष केन्द्रले पृथ्वीभन्दा करिब ४ सय २० किलोमिटरको उचाइमा परिक्रमा गर्ने गर्छ ।

Leave A Reply

Your email address will not be published.