मुगुको गमगढी बजारमा भीषण आगलागी, २१ घरटहरा जलेर नष्ट

0

मुगु : मुगुको सदरमुकाम गमगढी बजारमा भीषण आगलागी भएको छ । आगलागीबाट २१ घरटहरा जलेर नष्ट भएका छन् । थप आगो फैलन नदिन प्रहरीले एक घर भत्काउनुपरेको थियो ।

सोमबार राति करिब साढे १२ बजे शुरु भएको आगलागी मंगलबार बिहान साढे ४ बजे नियन्त्रणमा आएको थियो । प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा पानी र माटो प्रयोग गरेर चार घन्टापछि आगो नियन्त्रणमा लिइएको हो ।

स्थानीय ठिन्ले लामाको घरमा बालेर राखेको दियोबाट आगो फैलिएको प्रहरीको अनुमान छ । आगलागीबाट घरबारबिहीन भएकाहरूलाई छिमेकीका घर र आफन्तकहाँ राखिएको छ ।

आगलागीबाट करोडौंको क्षति भएको अनुमान गरिएको छ । पसल भएका घरहरू पनि जलेकोले धेरै क्षति भएको अनुमान छ । आगलागीबाट मानवीय क्षति भने भएको छैन ।

Leave A Reply

Your email address will not be published.