नेपाल बार प्रधानन्यायाधीशसँग वार्तामा नबस्ने

0

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले राखेको संवादको प्रस्तावलाई नेपाल बार एसोसिएसनले अस्वीकार गरेको छ । बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आफूहरु जबरासँग वार्तामा नबस्ने बताएका हुन् । 

अदालत परिसरमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले अब प्रधानन्यायाधीशको विश्वास गर्न नसकिने बताउँदै पदबाट राजीनामा दिएर अहिलेको संकट समाधान गर्नु पर्ने बताए ।

बार र सर्वोच्च बार दुबैले प्रधानन्यायाधीश जबरासँग वार्ता नगर्ने बताएको हो । 

वर्तमान प्रधानन्यायाधीशको कारण नै अदालतमा भ्रष्टाचार र अनियमितता मौलाएको भन्दै न्यायपालिका शुद्धीकरणका लागि प्रधानन्यायाधीशको राजीनामा नै एकमात्र विकल्प भएको बारको ठहर छ । 

प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आन्दोलनरत कानून व्यवसायीहरुले सर्वोच्चको मुल गेटमा धर्ना दिएर अदालत प्रवेशमै अवरोध गर्न खोजेपछि प्रधानन्यायाधीश जबराले सोमबार वक्तव्य जारी गर्दै संवादमा आउन आग्रह गरेका थिए ।

Leave A Reply

Your email address will not be published.