ओखलढुंगा जीप दुर्घटना अपडेट : चार जनाको मृत्यु

0

काठमाडौं : ओखलढुंगामा तीर्थयात्री बोकेको बोलेरो दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १४ घाइते भएका छन् ।

प्रदेश नम्बर ३ को ०१०२२ च ९६९४ नम्बरको बोलेरो सुनकोशी गाउँपालिका–९ को सिकारीडाँडामा सोमबार विहान दुर्घटना भएको थियो ।

बलेरोमा चम्पादेवी ककनी मन्दिर दर्शन तथा एकादशी मेला भर्न जाने भक्तजन रहेको बताइएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका १० बेतिनी रुप्सेका ३५ वर्षीया मिठुमाया मगर, सोही ठाउँका अन्दाजी १७ वर्षीया तुलसा मगर र उमेर नखुलेका खगेन्द्र मगर रहेका छन् । थप दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

बलेरोमा १८ जना सवार रहेको र बलेरो सडकबाट करिब ६०० मिटर तल झरेको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.