ओखलढुंगामा दर्शनार्थी बोकेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

0

काठमाडौं : ओखलढुंगाको सुनकोसी गाउँपालिका ९ सिकारीडाँडामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सोमबार बिहान एकादशी मेला भर्न च्यानमबाट चम्पादेवी ककनी जाँदै गरेको प्रदेश नम्बर ३ ०१०२२ च ९६९४ नम्बरको जीप दुर्घटनामा परेको हो ।

दुर्घटनामा मृत्यु मृत्यु हुनेको पहिचान खुल्न बाँकी रहेको छ । जीप दुर्घटनमा १३ जना यात्रु घाइते भएका छन् ।

घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । अन्य घाइतेको सामुदायिक अस्पताल सोब्रुमा उपचार भैरहेको छ ।

एकादशी मेलाका लागि ककनी जाने तिर्थालु बोकेको जीप दुर्घटनामा परेको हो । मन्दिरतर्फ जाने क्रममा गाडी सुनकोशी गाउँपालिका – ९ को जौबारी नजिकैको कुसाङ भन्ने स्थानमा सडकबाट करिब ६ सय मिटर तल खसेर दुर्घटनामा परेको हो ।

जीपमा सुनकोशी गाउँपालिका–८ च्यानम र सिद्धिचरण नगरपालिका दश रुप्सेका दर्शनार्थीहरु चढेको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.