प्रधानन्यायाधीश जबरालाई सर्वोच्चमा प्रवेश रोक्ने तयारी

0

काठमाडौं : सर्वोच्च अदालत परिसरमा शुक्रबार सुरक्षा सतकर्ता बढाइएको छ । नेपाल बार एसोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई शुक्रबार सर्वोच्च अदालत परिसरमा प्रवेश गर्न नदिने घोषणा गरेपछि सर्वोच्चमा थप सुरक्षाकर्मी परिचालन गरिएको हो ।

बिहीबार सर्वोच्च परिसरमा भएको विरोध सभामा प्रहरीले हस्तक्षेप गरेको भन्दै बारले आज थप प्रदर्शनको तयारी छ ।

बारले सर्वोच्च अदालतका सम्पूर्ण बेन्चमा कुनै पनि मुद्दामा बहस पैरवी नगर्न, बेन्च बहिष्कार गर्न र न्यायाधीशलाई समेत प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले तोक्ने वा तोकेका इजलासमा नबस्न पनि बारले अपिल गरेको छ ।

प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै १९ दिनदेखि सर्वोच्चमा आन्दोलन भइरहेको छ । आन्दोलनकै कारण सयौँ मुद्दाको सुनुवाइ प्रभावित बनेको छ ।

प्रधानन्यायाधीश जबराले भने सडकबाट राजीनामा माग्दैमा आफुले राजीनामा नदिने बताउँदै आएका छन् ।

Leave A Reply

Your email address will not be published.