बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, अर्थमा जमरकट्टेल र स्वाथ्यमा लामा

0

काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेल मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री पाण्डेले आज नेकपा माओवादी केन्द्रका शालिकराम जम्कट्टेललाई आर्थिक मामिला तथा योजना र नेपाली काँग्रेसका नीमा लामालाई स्वास्थ्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

नवनियुक्त मन्त्रीद्वयले बिहीबार नै पद तथा गोपनीयताको शपथ लिए ।

कार्तिक ११ गते मुख्यमन्त्री बनेका पाण्डेले सोही दिन तीन मन्त्री नियुक्त गरेका थिए ।

यसअघि नै सामाजिक विकास मन्त्रीमा माओवादी केन्द्रकी कुमारी मोक्तान, आन्तरिक मामिला तथा कानून मन्त्रीमा एकीकृत समाजवादीका कृष्णप्रसाद खनाल र भौतिक पूर्वाधार विकास मन्त्रीमा कांग्रेसका कृष्णलाल भँडेल नियुक्त भइसकेका छन् ।

Leave A Reply

Your email address will not be published.