नविनयुक्त तीन प्रदेशका प्रदेश प्रमुखले लिए शपथ

0

काठमाडौं : प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरुले बिहीबार सपथ लिएका छन् ।

राष्ट्रपति कार्यालय शितल निवासमा बिहीबार भएको एक कार्यक्रमबीच तीन प्रदेशका प्रदेश प्रमुखलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराएकी हुन् ।

प्रदेश १ मा परशुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिमको प्रदेश प्रमुखमा देवराज जोशी छन् ।

मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कात्तिक २३ गते तीन प्रदेशका प्रदेश प्रमुखलाई नियुक्त गरेकी थिइन् ।

Leave A Reply

Your email address will not be published.