एमालेका नेताहरुद्वारा चितवनमा महाधिवेशन स्थलको अवलोकन

0

काठमाडौं : नेकपा एमालेका नेताहरुले चितवनमा महाधिवेशन स्थलको अवलोकन गरेका छन् । बिहीबार पार्टीका महासचिव ईश्वर पोखरेलको नेतृत्वमा गएको टोलीले एमालेको महाधिवेशनको उद्घाटनको कार्यक्रम हुने स्थल नारायणी नदी किनारको स्थलगत अवलोकन गरेका हुन् ।

पार्टीका महासचिव ईश्वर पोखरेल सँगै नेताहरु विष्णु पौडेल, स्थायी कमिटी सदस्य रामबहादुर थापा, प्रदिप ज्ञवाली, लगायतका शीर्ष नेताहरु महाधिवेशन स्थल नारायणी किनारको अवलोकन गर्न चितवन पुगेका थिए ।

उनीहरुले महाधिवेशनको बन्दसत्र हुने सौराहमा पनि अवलोकन गरेका छन् । सो क्रममा संचारकर्मीहरुलाई प्रतिक्रिया दिदै महासचिव पोखरेलले वर्तमान सरकारले राम्रो काम गर्ने कुनै संकेत नभएको टिप्पणी गरे ।

महासचिव पोखरेलले पार्टीभित्र १० बुँदे सहमति आधारभूतरुपमा कार्यान्वयन भइसकेको र केही ठाउँमा विवाद भए स्थानीय स्तरबाटै टुंगो लगाउने बताए ।

Leave A Reply

Your email address will not be published.