सर्वोच्चमा कानून व्यवसायी र प्रहरीबीच झडप

0

काठमाडौं : सर्वोच्च अदालतमा वकिल र प्रहरीबीच झडप हुँदा छ जना घाइते भएका छन् । नेपाल बार एशोसियनले गरेको विरोधमा प्रहरीले बल प्रयोग गरेको हो । 

प्रहरीले लाठीचार्ज गर्दा नेपाल बार एशोसिएसनका महासचिव लीलामणि पौडेल, उपाध्यक्ष रक्षा बस्याल, पूर्वउपाध्यक्ष कुमार शर्मा आचार्य, पूर्वकेन्द्रीय सदस्य रमण कर्ण, उच्च बार पाटनका सदस्य मुकुन्द भट्टराई र केन्द्रीय सदस्य प्रकाश महर्जन घाइते भएका हुन् । 

झडपपछि पनि अदालत परिसरमा वकिल र प्रहरीबीच केही समयसम्म घम्साघम्सी भएको थियो । 

सर्वोच्च अदालतमा प्रधानन्यायाधीशको राजीनामा माग्दै प्रदर्शन गरिरहेका कानुन व्यवसायीले मूल ढोकामा विरोध प्रदर्शन गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको हो । 

नेपाल बारमा भएको प्रदर्शन नियन्त्रणका लागि सशस्त्र प्रहरी समेत परिचालन गरिएको छ ।

यसैबीच प्रहरी दमनको विरोध गर्दै कानून व्यवसायीहरुले शुक्रबार सबै इजलास बहिष्कार गर्ने घोषणा गरेका छन् । यसअघि बन्दी प्रत्यक्षीकरणको मुद्दामा बहस गर्दै आएका कानून व्यवसायीहरुले शुक्रबार कुनै पनि मुद्दामा बहस नगर्ने भएका हुन् ।

Leave A Reply

Your email address will not be published.