चीन र अमेरिकाबीच जलवायु सहकार्यलाई तिव्रता दिने सहमति

0

एजेन्सी : चीन र अमेरिकाले ग्लास्गोमा आयोजित ‘कोप २६’ जलवायु सम्मेलनमा आउँदो दशकसम्ममा जलवायु सहकार्यलाई बढाउने सहमति गरेका छन् ।

पेरिस सम्झौताले तय गरेको तापक्रम वृद्धि एक दशमलब पाँच डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्य भेट्न दुबै देशले सहकार्य गर्ने भएका हुन् ।

विश्वका दुई ठूला हरितगृह ग्यासका उत्सर्जनकर्ताहरूले आफ्ना कामलाई तीव्रता दिने दुर्लभ संयुक्त वक्तव्य जारी गरेका हुन् । दुई देश जलवायु परिवर्तनसँग जुध्न मिथेन उत्सर्जन कटौती, वनजंगल संरक्षण र कोइलाको प्रयोग अन्त्य गर्ने लगायतका विषयमा यो दशकभर सहकार्य गर्न सहमत भएका हुन् ।

पेरिस सम्झौताका लक्ष्य भेट्न आवश्यक खाडलहरू पुर्न आवश्यक प्रयासहरू बढाउन दुबै मुलुक सहमत भएका हुन् । पछिल्ला दश महिनामा झण्डै तीस भर्चुअल बैठकहरू गरेपछि दुबै देशले संयुक्त वक्तव्य जारी गरेका हुन् ।

चीनका मुख्य जलवायु वार्ताकार सी जिन्ह्वाले जलवायु परिवर्तनका मामिलामा ’चीन र अमेरिकाबीच असहमतिभन्दा धेरै सहमति रहेको बताएका छन् ।

चिनियाँ राष्ट्रपति सी जिनपिङ ग्लास्कोमा नआएर’जलवायु संकटबाट भागेको भन्दै आलोचना भैरहेको समयमा पछिल्लो समय भएको हो ।

अमेरिकी जलवायु मामिला दूत जोन केरीले अमेरिका र चीनबीच धेरै असहमति भएपनि जलवायुमा सहकार्य गर्न तयार भएको बताए ।

यसैबीच संयुक्त राष्ट्र संघका महासचिव एन्टिनियो गुटेरशले ची र अमेरिकाबीच जलवायु सहकार्यमा भएको सहमतिको स्वागत गरेका छन । उनले यो सम्झौतालाई सही दिशामा एक महत्वपूर्ण कदम भएको उल्लेख गरेका छन् ।

Leave A Reply

Your email address will not be published.