प्रधानन्यायाधीशले बोलाएको बैठकमा नजान न्याय परिषद्का सदस्यलाई नेपाल बारको आग्रह

0

काठमाडौं : कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बोलाएको न्यायपरिषद्को बैठकमा सहभागी नहुन परिषद्का सदस्यहरुलाई अनुरोध गरेको छ ।

बारका महासचिव लीलामणि पौडेलले परिषद् सदस्यहरुलाई पत्र लेखेर जबराले बोलाएको बैठकमा सहभागी नहुन अनुरोध गरेका हुन् । परिषद् सदस्यहरुलाई लेखिएको पत्रमा न्यायपरिषद् बैठकमा उपस्थित नभई अवज्ञा गर्न अनुरोध गरिएको छ ।

प्रधानन्यायाधीश जबराले थप विकृति, विसंगतिजन्य कार्य गर्ने, गर्न लगाउने आशंका बारले गरेको छ ।

प्रधानन्यायाधीश जबरा मन्त्रिपरिषद् सदस्यको भागबण्डामा मुछिएपछि एशोसिएसनले उनीविरुद्ध चरणबद्ध आन्दोलन गर्दै आएको छ । सर्वोच्चका अधिकांश न्यायाधीश पनि राणाको विपक्षमा छन् ।

Leave A Reply

Your email address will not be published.