एमसीसीले देशको विकास गर्छ : बाबुराम भट्टराई

0

काठमाडौं : पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले अमेरिकी सहयोग परियोजना (एमसीसी)ले देशको विकास गर्ने दाबी गरेका छन् । 

पार्टीको संगठन सुदृढीकरण तथा जनपरिचालन अभियान लिएर गोरखाका गाउँपालिका र नगरपालिकाबाट अभियान शुरु गरेका उनले मंगलबार स्थानीयले राखेको जिज्ञासाको जवाफ दिँदै नेपालमा विकास नहोस् भन्ने तत्वहरुले नै एमसीसीबारे भ्रम छरेको आरोप लगाए । यसमा भारत र चीन लागेको उनको जिकिर थियो  । 

एमसीसी सहयोग लिएर देश विकास गर्नुपर्ने बताउँदै उनले एमसीसीबारे शंका नगर्न आग्रह समेत गरेका छन् । 

फरक प्रसंगमा कुराकानी गर्दै उनले दुई महिनाभित्रै बूढीगण्डकीको मोडालिटीबारे टुंगो लाग्ने दाबी समेत गरेका छन् । 

आठ वर्ष बितिसक्दा पनि आयोजनाको मोडालिटीमा अल्झँदा आफू दुखी भएको उनको भनाइ थियो । अस्थिर सरकारको कारण बुढीगण्डकीको यो हालत भएको उनले स्पष्ट पारे ।

Leave A Reply

Your email address will not be published.