भारतीय स्थल सेनाध्यक्षको औपचारिक निमन्त्रणामा प्रधानसेनापति शर्मा भारत प्रस्थान

0

एजेन्सी : भारतीय स्थल सेनाध्यक्षको औपचारिक निमन्त्रणामा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा मंगलबार भारत प्रस्थान गरेका छन् ।

प्रधानसेनापति शर्मा बिहान ९ सदस्यीय सैनिक टोलीको नेतृत्व गर्दै नेपाली सेनाको विमान मार्फत् भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेको नेपाली सेनाले जानकारी दिएको छ ।

प्रधानसेनापति भएपछि शर्माको यो पहिलो विदेश भ्रमण हो । भारतीय स्थल सेनाध्यक्षको मानार्थ दर्ज्यानी ग्रहण गर्न प्रधानसेनापति शर्मा भारत गएका हुन् ।

नेपाल र भारतका सेना प्रमुखलाई कदरस्वरुप एक–अर्को मुलुकको मानार्थ महारथीको दर्जाबाट सम्मान गर्ने प्रचलन छ ।

भारतीय राष्ट्रपति रामनाथ कोविन्दले राष्ट्रपति कार्यालयमा बुधबार हुने विशेष समारोहमा प्रधानसेनापति शर्मालाई भारतीय स्थल सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्हबाट सम्मान गर्नेछन् ।

भ्रमण सकेर प्रधानसेनापति शर्मा शुक्रवार स्वदेश फर्कने कार्यक्रम तय भएको छ ।

Leave A Reply

Your email address will not be published.