भारतको एक बाल अस्पतालमा आगलागी, ४ बालबालिकाको मृत्यु

0

एजेन्सी : भारतको मध्य प्रदेशको राजधानी भोपालको एक बाल अस्पतालमा आगलागी हुँदा चार बालबालिकाको मृत्यु भएको छ ।

कमला नेहरू चिल्ड्रन्स अस्पतालमा सोमबार राति आगलागी हुँदा कम्तीमा चार बालबालिकाको मृत्यु भएको हो । त्यहाँ रहेका ४० मध्ये ३६ शिशुको उद्धार गरिएको छ ।

मध्य प्रदेशका स्वास्थ्य शिक्षामन्त्री विश्वास सारंगले घटनाको पुष्टि गरेका छन् । अस्पतालको तेस्रो तलाबाट आगलागी शुरु भएको प्रहरीले जानकारी दिएको छ ।

मन्त्री सारंगले स्पेशल न्यूबर्न केयर युनिटमा भर्ती भएका चार शिशुको मृत्यु भएको बताएका छन् ।

मृत्यु भएका शिशुका परिवारलाई जनही चार लाख रुपैयाँ राहत दिइने पनि उनले घोषणा गरेका छन् ।

Leave A Reply

Your email address will not be published.