कांग्रेसले बाँकी १३ जिल्लाको वडा अधिवेशन छठ लगत्तै गर्ने

0

काठमाडौं : नेपाली कांग्रेसले छठलगत्तै १३ जिल्लामा बाँकी रहेका वडा अधिवेशन छठ लगत्तै गर्ने भएको छ । कांग्रेसले प्रदेश दुईका आठ जिल्ला र रसुवा, बाँके, सुर्खेत, डोल्पा र कैलालीमा बडा अधिवेशन गर्ने तयारी गरेको हो ।

छठ लगत्तै सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा सहितका जिल्लामा अधिवेशनको तयारी गरिएको निर्वाचन समितिले जनाएको छ ।

क्रियाशील सदस्यता विवाद टुंग्याउन नसक्दा कांग्रेसको महाधिवेशन कार्यतालिका पटक पटक संसोधन हुँदै आएको छ ।

कांग्रेसले ६४ जिल्लामा वडा अधिवेशन गरिसकेको छ । २१ हिमाली जिल्लामध्ये १३ वटामा जिल्ला अधिवेशन समेत भैसकेको छ । कांग्रेसले पाँचौपटक कार्यतालिका संसोधन गर्दै केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ सम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ ।

त्यसअघि प्रदेश, जिल्लालगायत विभिन्न क्षेत्रका अधिवेशन हुने निर्वाचन समितिले जनाएको छ । विवाद कायमै रहेमा अधिवेशन अन्त्य नगर्ने तर अव महाधिवेशनको कार्यतालिका संसोधन नगर्ने कांग्रेसको तयारी छ ।

सभापति शेरबहादुर देउवाले पनि अब कार्यतालिका संशोधन नहुने बताउँदै आएका छन् ।

Leave A Reply

Your email address will not be published.