पाँच दलीय गठबन्धन परम्परागत शैलीमा चलेको नेता श्रेष्ठको आरोप

0

काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पाँच दलीय गठबन्धनसँगको असन्तुष्टि पुन सार्वजनिक गरेका छन । माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग पनि असन्तुष्ट बनेका श्रेष्ठले पाँच दलीय गठबन्धन अहिले पनि यथास्थितिवादी र परम्परागत शैलीमा चलेको आरोप लगाएका हुन् ।

आइतबार बिहान सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै श्रेष्ठले विगतमा भएका आन्दोलनका क्रममा बैठकहरुमा हुने आफ्नो अनिवार्य उपस्थिति अहिले विस्तारै कम हुँदै गएको पनि बताएका हुन ।

पाँच दलीय गठबन्धन भए पनि अहिले शीर्ष नेतामा सीमित रहेको बताएका उनले सत्तामा पुगिसकेपछि बैठकमै बोलाउन छाडिएको पनि उल्लेख गरेका छन ।

नेता श्रेष्ठले एउटा महत्वपूर्ण बैठकमा अघिल्लो सरकारका सबै नियुक्ति खारेज गर्न नहुने धारणा राखिसकेपछि अन्य बैठकमा सहभागिताको अवसर नपाएको पनि उल्लेख गरेका छन् ।

नेता श्रेष्ठले राजदूत फिर्ता बोलाउनेबारेमा भएको छलफलमा आफूले सक्षम व्यक्तिहरुलाई फिर्ता गर्न नहुने धारणा आफूले राखेको पनि बताएका छन् ।  

उनले सबै राजदूतलाई एकमुष्ठ फिर्ता बोलाउँदा परम्पार नै बसेर त्यसले दीर्घकालसम्म प्रभाव पार्ने पनि बताएका छन् । 

Leave A Reply

Your email address will not be published.