गौतम बुद्ध विमानस्थल चाँडो सञ्चालनमा ल्याउन कार्यवाहक प्रधानमन्त्री खाँणको निर्देशन

0

भैरहवा : कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाँणले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई छिटोभन्दा छिटो सञ्चालन गर्न निर्देशन दिएका छन् ।

आइतबार रुपन्देहीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको महाकरुणा बुद्धमुर्तिको अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक प्रधानमन्त्री खाँणले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य अविलम्ब सम्पन्न गरी संचालनमा ल्याउन निर्देशन दिएका हुन् ।

कार्यवाहक प्रधानमन्त्री खाँणले बुद्धको उपदेशलाई संसारभर पुर्‍याउन र आफ्नो जिवनमा अनुशरण गर्न सबै संवेदनशील हुन आग्रह पनि गरे ।

उनले नेपाल भौगोलिक, धार्मिक, भाषिक, सामाजिक र सांस्कृतिक विविधता हुनु नेपालको लागि सम्पदा रहेको उल्लेख पनि गरे ।

कार्यक्रममा उनले बेमौसमी वर्षाका कारण धानबालीमा क्षति भोगेका किसानहरुलाई सरकारले राहत दिने पनि बताए ।

Leave A Reply

Your email address will not be published.