प्रधानन्यायाधीशविरुद्ध कालो पट्टीमा कानून व्यवसायी, केही व्यवसायी समर्थनमा सेतो पट्टीमा

0

काठमाडौं : नेपाल बार एसोसिएसनमा आइतबार बिहान १० बजेपछि कानून व्यवसायीहरु हातमा पट्टी बाँधेर उत्रिए । कालो कोटमा विरोधमा उत्रिएका कानुन व्यवसायीहरुको पट्टीमा भने समानता देखिएन । बार परिसरमा उत्रिएकाहरु कसैले कालोपट्टी बाँधेका थिए त कोहीले सेतो पट्टी ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको राजिनामा माग्दै आएका कानून व्यवसायीहरु कालो पट्टी बाँधेर उत्रिएका थिए । हातमा कालोपट्टी बाँधेर बारका अध्यक्ष चन्डेश्वर श्रेष्ठ, कृष्णप्रसाद भण्डारी, दमननाथ ढुंगानालगायत कानुन व्यवसायीहरु सर्वोच्च अदालत परिसमा आन्दोलनमा उत्रिएका थिए ।

‍त्यस्तै बारको निर्णयभन्दा विपरीत कानून व्यवसायीहरु पनि देखिएका छन् । कानून व्यवसायी भूमिनन्द ढकाल, स्वागत नेपाललगायत भने बार परिसरमा सेतो पट्टी लगाएर उभिए । उनीहरुले सर्वोच्चमा इजलासले निरन्तरता पाउनुपर्ने माग गर्दै आएको छन् । यही विवादमा वकिल ढकाल शुक्रवार बार परिसरमा विराट न्यौपानेसँग कुटाकुटमा उत्रिएका थिए ।

त्यस्तै स्वागत नेपाल लगायत अधिवक्ताले न्यायाधीशहरुले इजलास स्थागित गरेर मुद्दा प्रभावित भएको भन्दै अदालतमा रिट निवेदनसमेत दिइसकेका छन् ।

Leave A Reply

Your email address will not be published.