भारत, अमेरिका र बेलायतका लागि राजदूत सिफारिस

0

काठमाडौं : सरकारले तीन देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको बेलायत भ्रमणको अघिल्लो दिन बसको मन्त्रीपरिषद् बैठकले भारत, बेलायत र अमेरिकाका लागि राजदुत सिफारिस गरेको हो ।

बैठकले डा. शंकर शर्मालाई भारत, ज्ञानचन्द्र आचार्य बेलायत र श्रीधर खत्रीलाई अमेरिकाको राजदूत नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

राजनीतिशास्त्रका प्राध्यापक खत्री परराष्ट्र मामिलाविज्ञ तथा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका र नेपाल तथा एसियाली अध्ययन केन्द्रका पूर्वकार्यकारी निर्देशक थिए । शर्मा योजना आयोगका पूर्व उपाध्यक्ष र पूर्व अमेरिकी राजदूत हुन् ।

यसैगरी आचार्य परराष्ट्र सेवाबाट संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि नियुक्त भएका आचार्य राष्ट्रसघीय उपमहासचिव तहसम्म काम गरेर सेवा निवृत भएका थिए । यसअघि देउवा प्रधानमन्त्री हुँदा आचार्य आर्थिक सल्लाहकार भएका थिए ।

मन्त्रिपरिषदले सिफारिस गरेको नाम अब सरकारले संसदीय सुनुवाइका लागि पठाउने छ । सुनुवाइपछि सम्बन्धित देशमा एग्रिमोका लागि पठाउने र त्यसपछि राष्ट्रपतिबाट नियुक्त हुने संवैधानिक प्रावधान छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेपछि पहिलाका सरकारले राजनीतिक रूपमा नियुक्त गरेका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय भएको थियो ।

Leave A Reply

Your email address will not be published.