प्रधानमन्त्री देउवा आज बेलायत आउँदै

0

लण्डन : प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार बेलायत आउँदै छन् । स्कटल्यान्डको ग्लास्कोमा आयोजना हुने जलवायु परिवर्तनसम्वन्धी वर्ल्ड लिडर समिटमा सहभागी हुन देउवा बेलायत आउन लागेका हुन् । प्रधानमन्त्री भइसकेपछि देउवाको पहिलो विदेश भ्रमण हो ।

अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म हुने जलवायु परिवर्तन सम्बन्धीसमिटमा प्रधानमन्त्री देउवासहित १८ जनाको प्रतिनिधिमण्डल रहनेछ ।

टोलीमा वन तथा वातावरण मन्त्री रामसहाय यादव, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, वन तथा वातावरण मन्त्रालयका सचिव डा पेम नारायण कँडेल, राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष डा माधव कार्की लगायत छन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बेलायती प्रधानमन्त्री बोरिस जोनसन लगायतसँग भेट गर्ने कार्यक्रम छ ।

शुक्रबार साँझ लन्डनमा उत्रने प्रधानमन्त्रीले अर्को दिन बेलायती मन्त्री र उच्च अधिकारीसँग भेटघाट गर्ने बताइएको छ ।

जलवायु परिवर्तन सम्बन्धी समिटका लागि उनी अक्टोबर ३१ तारिखमा लण्डनबाट ग्लास्गोतर्फ प्रस्थान गर्ने छन् ।

नोभेम्बर १ र २ तारिखमा देउवा ग्लास्गोमा रहने छन् । प्रधानमन्त्री देउवा नोभेम्बर ३ मा नेपाल फर्कने कार्यतालिका बनेको छ ।

Leave A Reply

Your email address will not be published.