सरकारको निर्णय : संसद अधिवेशन अन्त्य गर्न सिफारिस, किसानलाई ६५ प्रतिशतसम्म राहत

0

काठमाडौं : सरकारले संसद अधिवेशन अन्त्यको सिफारिस गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले शुक्रबार मध्यरातदेखि अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।

२३ भदौमा शुरु भएको अधिवेशनमा प्रमुख विपक्षी नेकपा एमालेले लगातार नाराबाजी गर्दै आएको छ । एमालेको अवरोधका बीच सरकारले नयाँ बजेट ल्याएपनि अरु विधेयक अघि बढाएन ।

सरकारले बाढी, पहिरो र डुवानका कारण धानबालीमा क्षति ब्यहोरेका किसानलाई क्षतिको ६५ प्रतिशतसम्म राहत दिने भएको छ ।

मन्त्रिपरिषद बैठकले १० कठ्ठा भन्दा कम जग्गा भएका किसानलाई क्षतिको ६५ प्रतिशतसम्म राहत दिने निर्णय गरेको हो ।

त्यस्तै ३ विघासम्म जग्गा भएका किसानलाई क्षतिको ३० प्रतिशत र ३ विघा भन्दा बढी जग्गा भएका किसानलाई २० प्रतिशत राहत दिने निर्णय गरेको छ ।

Leave A Reply

Your email address will not be published.