प्रतिनिधिसभा बैठकमा एमालेको अवरोध कायमै, अर्को बैठक कात्तिक २९ गते बस्ने

0

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बिहीबार पनि प्रतिनिधिसभाको बैठकमा अवरोध गरेको छ । बिहीवार बसेको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले विरोधलाई निरन्तरता दिएको हो ।

बैठकमा एमालेको अवरोधकाबीच प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले नेपालको संविधानको धारा २९४ बमोजिम राष्ट्रिय दलित आयोगको वार्षि प्रतिवेदन आर्थिक वर्ष २०७७/०७८ पेश गरे ।

त्यस्तै प्रतिनिधिसभा नियमावली २०७५ को नियम २१० को उपनियम ४ बमोजिम विविध कारणले लागातार १० वा सो भन्दा बढी बैठकमा उपस्थित हुन नसकेका तीन सांसद झलनाथ खनाल, कर्मा घले र प्रदीप गिरीको अनुपस्थितीको सूचनालाई सभाले स्विकृति जनाएको छ ।

प्रतिनिधिसभाको अर्को बैठक २०७८ कात्तिक २९ गते सोमवार दिउँसो १ बजे बस्नेछ । 

Leave A Reply

Your email address will not be published.