कांग्रेस महाधिवेशनको कार्यतालिका फेरि हेरफेर, मंसिर २७ देखि ३० गते गर्ने नयाँ कार्यतालिका

0

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका फेरि हेरफेर भएको छ । बुधबार बसेको कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले आगामी मंसिर २७ देखि ३० गते गर्ने गरी महाधिवेशनको मिति सारेको हो ।

कांग्रेस निर्वाचन समितिका अनुसार वडा अधिवेशन हुन नसकेका १३ जिल्लामा कात्तिक २७ गते वडा अधिवेशन हुने छ ।

त्यस्तै ३० गते पालिका अधिवेशन र मंसिर ३ गते अधिवेशन हुन बाँकी सबै जिल्लामा प्रदेश अधिवेशन हुने छ ।

मंसिर ६ गते संघीय निर्वाचन क्षेत्र अधिवेशन र मंसिर १० गते जिल्ला अधिवेशनको मिति तोकिएको निर्वाचन समितिले जनाएको छ । मंसिर १६ र १७ गते सात वटै प्रदेशको अधिवेशन हुने छ ।

Leave A Reply

Your email address will not be published.