टर्कीले अमेरिकासहित दश देशका राजदूतको कुटनीतिक संरक्षण हटायो

0

एजेन्सी : टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले अमेरिकासहित पश्चिमा मुलुकका १० राजदूतलाई देश निकालाको तयारी गरेका छन् । संयुक्त विज्ञप्ति जारी गरेर टर्कीका ओसमान काभालाको तत्काल रिहाइको माग गरेपछि उनले राजदूतलाई देश निकाला गर्न लागेका हुन् ।

राष्ट्रपति एर्डोगानले अमेरिका, क्यानडा, फ्रान्स, फिनल्यान्ड, डेनमार्क, जर्मनी, नेदरल्यान्डस, न्युजिल्यान्ड, नर्वे र स्वीडेनका राजदूलाई पर्सन नन ग्रेटा घोषणा गरेका हुन् ।

राजदूतलाई पर्सन नन ग्रेटा घोषणा गरेपछि सम्बन्धित देशको दूतावासमा अयोग्य ठहर हुन्छन् । नेटो आवद्ध १० मुलुकका राजदुतहरुमाथिको कुटनीतिक संरक्षण टर्कीले हटाएको हो । यो निर्णयसँगै राजदुतहरुमाथि जुनसुकै मुद्दामा छानवीन तथा कारबाही अघि बढाउन पाइने छ ।

एर्डोगानले आफ्ना समर्थकलाई सम्बोधन गर्दै कूटनीतिक हैसियत नभएका राजदूत विदेश मन्त्रालय पुगेर आदेश दिन नपाउने धारणा व्यक्त गरे ।

सरकारको विरोध र कु प्रयास गरेको आरोपमा काभाला चार वर्षदेखि कारागारमा छन् । उनीमाथि लागेका कुनै पनि आरोप प्रमाणित भएका छैनन भने अदालतले पनि उनलाई दोषि ठहर गरेको छैन ।

काभालालाई रिहा गर्न मानवअधिकारसम्बन्धी युरोपेली अदालतको आदेश पालना गर्न युरोपको मानवअधिकारसम्बन्धी निकाय काउन्सिल अफ यूरोपले पनि चेतावनी दिदै आएको छ ।

काभालाकै नेतृत्वमा राष्ट्रपतिलाई सत्ताच्युत गर्नुपर्ने माग सहित चार वर्ष अघि देशभर विरोध प्रदर्शन भएको थियो ।

Leave A Reply

Your email address will not be published.