प्रधानमन्त्री देउवाले बाढीपहिरो प्रभावित प्रदेश १ का विभिन्न जिल्लाको निरीक्षण गर्दै

0

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा बाढीपहिरो र डुबान प्रभावित क्षेत्र निरीक्षणका लागि आज प्रदेश एकका जिल्लाहरु जाने भएका छन् । प्रधानमन्त्री देउवा इलाम लगायत बाढीले बढी प्रभाव पारेका जिल्लाको भ्रमणमा जान लागेका हुन् ।

सो क्रममा उनले बाढीपहिरो तथा डुबानले पुर्‍याएको क्षतिको स्थलगत निरीक्षण गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीसँगै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जामन्त्री पम्फा भुसाललगायत मन्त्रीहरू पनि पूर्वी नेपाल जानेछन् ।

प्रधानमन्त्री देउवाले बिहीबार र शुक्रबार सुदूरपश्चिमका विभिन्न जिल्लाको स्थलगत अवलोकन गरेका थिए ।

सरकारले बाढी पहिरो प्रभावितलाई राहत उपलब्ध गराउने निर्णय यसअघि नै गरिसकेको छ । तत्कालका लागि अस्थायी आवास बनाउन प्रभावितलाई ५० हजार दिने निर्णय मन्त्रिपरिषदले गरेको छ ।

आइतबारदेखिको अविरल वर्षाका कारण देशभर १ सय २१ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परी ३५ जना बेपत्ता छन् ।

मृत्यु हुनेमा सबैभन्दा बढी प्रदेश नम्बर एकका रहेका छन् । शनिबार दुई जनाको शव फेला परेपछि पाँचथरमा मात्रै मृत्यु हुनेको संख्या ३० पुगेको छ । योसँगै प्रदेश एकमा मृत्यु हुनेको संख्या ६७ पुगेको छ ।

Leave A Reply

Your email address will not be published.