धादिङमा गुडिरहेको बसमा आगलागी

0

काठमाडौं : धादिङमा गुडिरहेको बसमा आगलागी भएको छ । सुर्खेतबाट काठमाडौँ तर्फ आउदै गरेको ना ६ ख १४७१ नम्बरको यात्रु बसमा पृथ्वी राजमार्ग अन्तर्गत गजुरी गाउँपालिका एक गजुरी बजारमा एक्कासी आगलागी भएको हो ।

आगलागीपछि बसमा पूर्णरुपमा क्षति पुगेपनि ३६ जना यात्रु भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

इन्जिनबाट धुँवा निस्किने बित्तिकै बस रोकेर यात्रुहरु बाहिर निकालेका कारण कुनै पनि मानवीय क्षति हुन नपाएको हो ।

बसमा आगो लाग्नुको कारण खुलेको छैन ।

Leave A Reply

Your email address will not be published.