प्राकृतिक ग्यास चीनले अमेरिकाबाट आयातमा बृद्धि गर्ने

0

चीनले ग्यासको आयात बढाउन अमेरिकासँग छलफल गर्ने भएको छ । प्रमुख चिनियाँ उर्जा कम्पनीहरुको लामो समयको प्रयासपछि ग्यास आपूर्तिबारे छलफल गर्न अमेरिकी कम्पनीहरु तयार रहेको रोयटर्सले जनाएको छ ।

दुबै पक्षबीच सहमति भए आगामी वर्षदेखि चीनले अमेरिकाबाट वैकल्पिक उर्जाको रुपमा प्राकृतिक ग्यास आपूर्ति वृद्धि गर्ने बताइएको छ ।

सन् २०१९ मा चीन र अमेरिकाबीच व्यापार युद्ध उत्कर्षमा पुगेपछि दुवै मुलुक पहिलो पटक उच्चस्तरिय वार्ताका लागि तयार भएका हुन् ।

एशियामा प्राकृतिक ग्यासको मूल्य यस वर्ष पाँच गुणाले वृद्धि भएको छ । चिनियाँ अधिकारीहरुले चाँडै नै ग्यास आयातका लागि नयाँ सम्झौता हुनेमा आफूहरु आशावादी रहेको जनाएका छन् ।

Leave A Reply

Your email address will not be published.